Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लण्डन टू पेरिस जेठ २५ मा

फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय गरिएको छ । लामो समयदेखि छायांकन नसकिएर ओझेलमा परेको यो फिल्मको अन्ततः रिलिज मिति पक्का भएको हो । यो फिल्मको सार्वजनिक फस्टलुकमा नायक साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक निश्चल खड्कालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । यो फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीको मुख्य भूमिका छ । एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद छ । अमित बस्नेतले निर्माण गरेको यो फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी रानाको लगानी छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्मले ट्राभल लभ स्टोरीको कथा भन्छ । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, वियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेश फर्नान्डेजको कोरियोग्राफी छ । यो फिल्म जेठको २५ गते आउने भएसँगै जेठमा रिलिज हुने फिल्मको संख्या ४ पुगेको छ ।