Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
आयोगको शनिबार बसेको बैठकले डा.कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।
दाबी विरोध गर्ने समय सकिएपछि डा.कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।
कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल