Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वर्षमानले भने प्रधानमन्त्री सहित एमालेसँग सरकार बनाउन सक्छौ

काठमाडौं । राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेको पाँच दिन वितिसकेको छ । सात दिनका लागि दिएको समय दुई दिन बाँकी रहँदा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसको नेतृत्वमा पहिले सरकार बनाउने भन्ने विषयमा बहस जारी छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी केन्द्रले आफूलाई पहिलोपटक प्रधानमन्त्री अनिवार्य भन्दै सर्त राखेको छ । देउवालाई प्रचण्डले सर्त मात्र राखेका छैनन्, आफ्ना उपमहासचिव वर्षमान पुनलाई पठाएर एमालेसँग मिलेर सरकार बनाउने धम्कीसमेत दिइसकेका छन् ।

दैनिक जसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट र कुराकानी जारी छ । बालुवाटार स्रोतका अनुसार देउवासँगको भेटमा अन्य विषयसँगै हरेकजसो समय प्रचण्डले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन आगह्र गरिरहेका छन् ।
तर, देउवाले भने आफूले पार्टीभित्रको शक्ति व्यवस्थापनका लागि पनि राष्ट्रपति र पहिलो चरणको प्रधानमन्त्री कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् । देउवाको तर्कलाई इन्कार गर्न नसक्दा दाहाल आफ्नो माग छोड्न पनि नसक्ने र देउवाको अडान पनि काट्न नसक्ने अवस्थामा गुज्रिरहेका छन् ।

बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान भने प्रचण्डले आफ्ना उपमहासचिव वर्षमान पुनलाई बालुवाटार पठाएका हुन् । पुनले देउवासँगको भेटमा आफ्नो पार्टीलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइसकेकाले कांग्रेसले नदिने हो भने एमालेसँगै मिलेर सरकार बन्न सक्ने स्पष्ट संकेत गरेका छन् । उनले माओवादी केन्द्र अझै पनि गठबन्धनकै तर्फबाट पहिलो प्रधानमन्त्रीको दावी रहेको भन्दै कांग्रेस त्यसमा सहमत नभएर गठबन्धनमा माओवादी केन्द्र नरहने बताएका छन् ।

वर्षमानजीले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री बानाउन सकिँदैन भने माओवादी केन्द्रले गठबन्धन छोड्छ भन्ने सन्देश सुनाउनु भएको छ, बालुवाटार स्रोतले भन्यो, हामी त्यो कुरा सत्य हो भने प्रचण्डबाटै आओस भनेर कुरिरहेका छौँ, स्रोतका अनुसार प्रचण्डले सत्ता गठबन्धन छोडेमा बालुवाटार ‘प्लान बी तयार पारेर बसेको छ ।

निर्वाचनमा जनतासँग भोटसमेत गठबन्धनलाई नै मागेको हुँदा सरकार निर्माणमा तत्काल गठबन्धनको विकल्प सोचिएको छैन । प्रधानमन्त्रीको इच्छा गठबन्धनलाई साथमै लिएर अघि बढ्नेछ, स्रोतले भन्यो, तर, प्रचण्ड गठबन्धन छोड्नुहुन्छ भने घोषणा गर्न दिउँ । त्यसपछिका योजना तपाईंहरूले थाहा पाउनु नै हुनेछ ।

प्रचण्डले भने शेरबहादुर र आफूबीचे पहिला प्रधानमन्त्री को बन्ने भनेर छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ पछि उनले यस्तो जानकारी दिएका थिए ।
“शेरबहादुरजी र म बीच को पहिला प्रधानमन्त्री बन्ने भनेर छलफल भइरहेको छ, प्रचण्डले भनेका थिए ।

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अर्का उपमहासचिव जनार्दन शर्माले भने पहिलो पटक प्रधानमन्त्रीको दाबी प्रचण्डको भएको भन्दै अब प्रचण्ड प्रधानमन्त्री बन्ने र उहाँकै को नेतृत्वमा सरकार बन्ने बताएका थिए । प्रचण्डका पक्षमा भए पनि शर्माले प्रचण्डको नेतृत्वमा सरकार बन्ने आत्मविश्वास शर्माले देखाएका छैनन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ठूलो पार्टीको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र शेरबहादुर देउवाको प्रधानमन्त्रीमा निरन्तरता हुने बताएका छन् ।

प्रचण्डले वर्षमान पठाएर गठबन्धने छोड्ने संकेत गरेपछि शेरबहादुरले प्रकाशमान सिंहलाई प्रचण्डसँग भेट्न पठाएका छन् । गठबन्धन छोड्न लागेको हो वा होइन भनेर कुरा गर्न गएका प्रकाशमान सिंहलाई प्रचण्डले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिदिन आग्रह गरेर पठाएका छन् । तपाईंहरूलाई हाम्रो सहयोग भएकै कारण लाजेस्ट पार्टी बन्नुभएको छ । पावर शेरिङका लागि म सधैँ तयार नै छु, सिंह सँगको भेटमा प्रचण्डको भनाई उध्रित गर्दै सिंहका सहयोगी यूपी लामिछानेले भने, तर, यसपटक प्रधनमन्त्रीमा मलाई सहयोग गर्नुहोला । सिंहले प्रचण्डको प्रस्तावका विषयमा सिधै बालुवाटार पुगेर देउवालाई ब्रिफिङ गरेका छन् ।

कांग्रेस एमालेको सरकार बन्न सक्छ

स्रोतका अनुसार देउवासँग सरकार निर्माणका लागि पाँच विकल्प छन् । प्रचण्ड बाहिरिए अरु चार विकल्प बाँकी रहन्छन् । त्योमध्ये कांग्रेस–एमालेको सरकार बन्ने एउटा विकल्प हो ।
कांग्रेसले जोसँग सरकार बनाए पनि राष्ट्रपति र पहिलो कार्यकालको प्रधानमन्त्री आफूले लिन खोजेको जनाएको छ । प्रचण्ड त्यसमा सहमत नभए वा उनले नै गठबन्धन छोडेको घोषणा गरे नयाँ समीकरणको प्रयास हुने बालुवाटार स्रोतको दाबी छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल