Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सङ्घीय सांसद र पूर्व मन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली कञ्चनपुर जान लाग्नुभएको हो ।
अध्यक्ष ओलीले महेन्द्रनगर स्मारक क्षेत्रमा आज आयोजना हुने विशाल जनसभामा नेकपा एसका नेताहरूलाई एमालेमा प्रवेश गराउनुहुनेछ ।
एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार नेकपा एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश सांसद तारा लामा, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रम शाही, बेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्दलगायत एमाले प्रवेश गर्दै हुनुहुन्छ ।
त्यसैगरी कैलालीबाट काङ्ग्रेस, माओवादी, नेकपा एस, जसपा, राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरू प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ । उनीहरूको नाम अहिले सार्वजनिक गरिएको छैन ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल