Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजार आज पनि ०.१५ प्रतिशतले घटेको छ

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार बजार ३।२१ अंकले घटेको हो । ०.१५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.२६ अंकमा झरेको छ

आज २६७ कम्पनीका ६६ लाख ४७ हजार १ सय ४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २ सय ९७.९८ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

आज नेपाल रिपब्लिक मिडिया, गोर्खाज फाइनान्स र स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.७४ र ८.१६ प्रतिशतले नाफा कमाएका छ

त्यस्तै छ्याङ्दी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

हिजोबाट मात्रै कारोबार शुरु भएको आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको उच्च कारोबार भएको छ ।

सबैभन्दा बढी आईएमई लाइफको ४३ करोड ६२ लाख ५९ हजार ३ सय ४८ रुपियाँ बराबरको किनबेच हुँदा रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजार ७४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन हिजो आइतबार ३८.३७ अंकले बजार घट्दा २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २ सय ३४.५५ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार