Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ले प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरेका छन्। विज्ञप्ति जारी गर्दै सांसद राईले प्रधानमन्त्री शाहले संसदीय अभ्यासप्रति गैरजिम्मेवार व्यवहार गरेको तथा संसदको अपमान गरेको आरोप लगाएका हुन्।
विज्ञप्तिअनुसार, प्रधानमन्त्री शाह जेठ २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदबाट बाहिरिएका थिए। साथै, जेठ ३० गतेको छलफलमा पनि उनी उपस्थित नभई नजिकैको कार्यालयबाट संसदको गतिविधि ‘लाइभ’ हेरेको तर सदनमा जवाफ दिन नआएको आरोप लगाइएको छ। सांसद राईले यी गतिविधिलाई संसदीय परम्पराको अवमूल्यन तथा “संसदीय अभ्यासको इतिहासमा कालो धब्बा” भएको बताएका छन्।
विज्ञप्तिमा प्रश्न गरिएको छ, “जनताको सार्वभौम सदनको अपमान गरेर त्यही संसदबाट चुनिएका प्रधानमन्त्री कुन नैतिकताको आधारमा पदमा बसिरहेका छन् ?” साथै, कर्तव्य निर्वाह गर्न नसक्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।
सांसद राईले सरकार संसदलाई छल्दै अध्यादेशमार्फत अघि बढ्न खोजेको तथा न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न असफल भएको आरोप पनि लगाएका छन्।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल