Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनको सिट बाँडफाट आज टुंगिने

काठमाडौं । पाँचदलीय गठबन्धनले प्रतिनिधिसभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारी गरेका छन्। बुधबार साँझ बस्ने बैठकबाट सिट बाँडफाँटलाई अन्तिम रूप दिने तयारी गठबन्धनले गरेको हो। साँझ ५ बस्ने गठबन्धनको बैठकअघि घटक दलहरूको छुट्टाछुट्टै र संयुक्त बैठक बस्दैछ। आजको बैठकबाट प्रतिनिधिसभामा सिटको बाँडफाँट टुंगिने सम्भावना रहेको कांग्रेसका एक नेताले जानकारी दिए।
सिटबाँडफाँटकै विषयमा छलफल गर्न बिहान ९ बजे कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ। सिट बाँडफाँटका विषयमा साझा धारणा बनाउन कांग्रेसको बैठक बस्न लागेको हो। सिट बाँडफाँटका विषयमा कांग्रेसभित्रै विवाद देखिएको छ। नेता शेखर कोइराला कांग्रेसले सय सिट पाउनुपर्ने अडान राखिरहेका छन्। महामन्त्री गगन थापाले पनि कार्यदलको बैठकमा कांग्रेसले सय सिट पाउनुपर्ने बताएका छन्।
शीर्ष नेताहरूको बैठकले बनाउने धारणाअनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने तयारी कांग्रेसको छ। २० साउनमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटको खाका तयार पार्न ११ सदस्यीय कार्यदल बनाएको थियो। एक सप्ताहभित्र खाका तयार पार्ने म्यान्डेट पाएको कार्यदल अहिलेसम्म सहमतिमा पुग्न सकेको छैन। कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदल सहमतिमा पुग्न नसकेपछि सिट बाँडफाँट टुंग्याउने जिम्मेवारी शीर्ष नेतामा आएको छ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल