Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारी वकिललाई सर्वोच्चमा १५ मिनेट

काठमाडौं । बहसका लागि सरकारी वकिललाई समय तोकिएको छ । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यस्तो व्यवस्था मिलाएका हुन् । संसद विघटनको मुद्दाको सुनवाइका क्रममा शुक्रबार प्रधानन्यायाधीश जबराले आइतबारदेखि सरकार पक्षका बाँकी चार वकिललाई एक घण्टामा बहस सक्न भनेका हुन्।

जबराले शुक्रबारको इजलास अन्त्य गर्दै भने, ल आजलाई यति गरौं, आइतबारदेखि तपाईहरुले १० देखि १५ मिनेटमा सक्नुपर्छ है। प्रधानमन्त्रीको तर्फबाट पनि धेरै जना हुनुहुन्छ। विघटनको मुद्दामा सरकारको तर्फबाट शुक्रबार लोकराज पराजुली, खेमराज ज्ञवाली, संजीवराज रेग्मीले बहस गरेका छन्।

सरकार पक्षको बहस सोमबारदेखि सुरु भएको हो। हालसम्म सरकार पक्षका ८ जनाले बहस गरेका छन् । यसअघि महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नायव महान्यायाधीवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायण पौडेल, विश्वराज कोइरालाले बहस गरेका थिए। यस्तै प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन्।