Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो ।
प्रहरीका अनुसार सलमान खान विगत ४ वर्षदेखि लरेन्स विश्नोई ग्याङको निशानामा थिए । सो समूहले सलमानको हत्या गर्न पटकपटक प्रयास गरे पनि सबै प्रयास विफल भएको प्रहरीको भनाइ छ । विगत तीन महिनामा मात्र सलमानको हत्याका लागि दुई पटक सो समूहले प्रयास गरेको तर दुवै प्रयास विफल भएको बताइएको छ । गायक सिद्धु मुसेवालाको हत्या अघि नै सो समूहले सलमानको हत्या योजना बनाएको प्रहरीको दाबी छ । प्लान ए विफल भएपछि हत्याका लागि सो समूहले ‘प्लान बी’ बनाएको र सो योजना पनि विफल भएको प्रहरीले जनाएको छ ।
सलमानलाई उनको फार्म हाउस जाने बाटोमै हत्या गर्ने योजना बनाएर उक्त समूहका एक सदस्यले रेकी गर्नुका साथै बाटोमै पर्ने एउटा घरमा केही साता बिताएको तथ्य पनि प्रहरीले प्रकाशमा ल्याएको छ । प्रहरीका अनुसार सलमानको हत्याका लागि लरेन्स ग्याङको सार्प सुटर कपिल पण्डितलाई जिम्मा दिइएको र उनले सलमानलाई फार्म हाउस जाने बाटोमै हत्या गर्ने योजना बनाएका थिए ।
मुम्बईको पनवेलमा कपिल पण्डित, सन्तोष जाधव, दीपक मुन्डी र अन्य सुटर्स एउटा भाडाको कोठमा बस्दै आएका थिए । सोही क्षेत्रमा सलमानको फार्म हाउस पर्छ । करिब डेढ महिनासम्म उनीहरु पेस्तोल बोकेर सलमानको हत्याका लागि उचित मौकाको पर्खाइमा बस्दासमेत उनीहरुले आफ्नो योजनामा असफलता व्यहोर्नु परेको बताइएको छ । सलमानको कार तीव्र गतिमा गुडेका कारण उनीहरुले हत्या गर्ने मौका नपाएको प्रहरीको भनाइ छ ।
पञ्जाब प्रहरीले तीन दिनअघि सार्प सुटर कपिललाई गिरफ्तार गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रहरीले उनीसँग सोधपुछ गरेपछि हत्याको यो प्रयासबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । सन् २०१८ मा पनि लरेन्सले सलमानको हत्याका लागि सुटर सम्पत नेहरालाई मुम्बई पठाएका थिए ।
सम्पतसँग पेस्तोल रहेको र उक्त पेस्तोलको रेञ्जबाट सलमान धेरै टाढा रहेका कारण हत्या प्रयास विफल भएको थियो । त्यसपछि चार लाख रुपैयाँमा एउटा राइफल खरिद गरी सम्पतलाई दिइएको तर केही दिनमै उनी पक्राउ परेपछि सलमान जोगिन सफल भएका थिए
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल
२०८३ भाद्र २८
ताजा नेपाल