Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १२ सय ३९ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताइएको छ । स्थापनाको १२ वर्ष अवधिमा उक्त संख्यामा प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताएका छन्। बुधबार वार्षिकोत्सव १२ औं वार्षिकोत्सव समारोहमा यस सफलताका लागि केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको योगदान रहेको डा श्रेष्ठले बताए । मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता दर रहेको डा श्रेष्ठको दाबी थियो । १०० बेडमा सञ्चालित अवस्थामा केन्द्रले मिर्गौला, मुटु, कलेजो लगायतका सेवा दिइरहेको छ। हालसम्म केन्द्रले १९ जनाको कलेजो प्रत्यारोपण समेत गरेको छ । प्रत्यारोपण केन्द्रले पोखरा र सुर्खेत शाखा मार्फत् समेत सेवा दिँदै आइरहेको छ। कार्यक्रममा बोल्दै मिर्गौला सरोकार समाजमा अध्यक्ष बलराम सुवेदीले मिर्गौला रोगको उपचार तथा निदानमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारीस्तरबाट समेत हौसला प्रदान गरिनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा दिपेन्द्ररमण सिंहले नेपालका स्वास्थ्य संस्थामध्ये छोटो समयमा उपलब्धीमुलुक सफलता हासिल गर्नेमध्ये सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पनि भएको बताए । केन्द्रलाई सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहयोग गर्न आफू सधै तत्पर रहेको उनको धारणा थियो । भक्तपुर क्षेत्र नं २ का सासंद दुर्लभ थापाले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण केन्द्रका रुपमा विस्तार गरिनुपर्ने धारणा व्यक्त गरे। उक्त संस्थालाई भक्तपुरको पहिचानको रुपमा विकास गर्नका लागि सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। त्यस्तै मुलुकभर हृदयाघातका कारण हुने मृत्युको संख्या बढ्दै जाँदा भक्तपुरमा मात्रै दैनिक २ जनाको यसका कारण मृत्यु हुने गरेको बताउँदै अकालमा हुने यस्तो मृत्युलाई रोक्न क्याथल्याबको सञ्चालन राम्रोसँग हुनुपर्ने उनको भनाइ थियो। भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले प्रत्यारोपण केन्द्रले बिरामीलाई बिना कमजोरी सेवा प्रदान गरिरहेको छ भन्ने लागेको बताए । अस्पतालमा राजनीति आस्थालाई स्थान नदिई मिर्गौला पिडितलाई सेवा दिइनुपर्ने उनको धारणा थियो। अस्पतालका केही कर्मचारीहरुले भने भ्रष्टाचार भइरहेको भन्दै प्रदर्शन गरेका छन्। सेवा विस्तारको माग गर्नुका साथै अस्पतालमा भइरहेको भ्रष्टाचार निवारणमा जोड दिइनुपर्ने उनीहरुको माग छ।


सम्बन्धित समाचार