Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहदरबारको हस्तक्षेपले प्रदेशमा अन्योल

काठमाडौं । सिंहदरबारको अधिकार र प्रदेशमा नदिने दलहरूले प्रदेश सरकार निर्माण र स्थायित्वमै प्रहार गरेका छन् । कोशी प्रदेशको रोगले गण्डकी प्रदेशलाई ग्रस्त बनाएको छ । कोशीमा एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनसँग बहुमत छ । तर काँग्रेसका केदार कार्की आफू संविधानको धारा १८८ (५) अनुसार संसदको नाताले मुख्यमन्त्री बनेकोले मध्यावधि निर्वाचन सिफारिश गर्न पाउने बताएर अन्योल बनाइदिएका छन् । मध्यावधि कसैले चोहका छैनन् ।
गण्डकी प्रदेशमा बहुमत पु¥याउन सभामुखको नाम समेत जोडिएपछि सर्वोच्चमा मुद्दा प¥यो । सर्वोच्चले मुख्यमन्त्रीलाई दीर्घकालिन असर गर्ने निर्णय नगर मात्र भनेको छ । मुद्दाको फैसला नहुँदासम्म खगराज काम चलाउ भएका छन् । तर कोशीमा त्यो स्थिति होइन । त्यहाँ सत्ता गठबन्धन बहुमतमा छ । नेपालको तत्कालिन सरकार भत्काउन काँग्रेसको डा. शेखर समूहलाई प्रयोग गरेको हो ।
अहिले सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन पुग्ने सत्ता गठबन्धनसँग सांसद संख्या छ । तर नागरिक उन्मुक्ति पार्टीको घर झगडा यथावत रहे पनि समय सीमाभित्रै नाउपाका कैलास चौधरीले दाबी पेश गरेका छन् । उनी पार्टीभित्र श्रीमान रेशम चौधरी पक्षका सांसद हुन् । सुदूरपश्चिममा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले बाँकी समय भागवण्डा गर्ने सहमति भएको छ । सिंहदरबारमा भएको गठबन्धन प्रदेशमा पनि हुनैपर्छ भन्नु प्रदेशहरू स्वायत्त छैनन् भन्ने हो ।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल