Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिंहदरबारमा माफियाकै रजाइँ

सिंहदरबारका शासकले निष्पक्षता अपनाउने गरेको भए ०४६ सालको आन्दोलनले स्थापित गरेको बहुदलीय व्यवस्थामा राज्य लूटको श्रृङ्खला बढ्ने थिएन । त्यो बेला राजा, काँग्रेस, एमाले र राप्रपा मिलेर दोहन गरेको देशमा ०५२ सालमा राज्य परिवर्तनका लागि विद्रोहीले बन्दूक उठाउने थिएन । सत्तासँगको लडाइँमा इमान्दार देखिएको विद्रोहीले देशको कला संस्कृतिको संरक्षण भएन । धर्म संस्कृतिमाथि प्रहार गरेर क्रिश्चियन चर्चको पैसामा बिकेको क्रान्तिकारी जमात अहिले लुटाहाको नायक बनेको छ । अर्थ मन्त्रालयको तालाचाबी माफियालाई सुम्पेर महंगी र अभाव सिर्जना गराउने त्यो शक्तिलाई जनताले फेरि चुनाव जिताएर नेपालका कम्युनिष्टहरू भ्रष्टाचार गर्न माफियातन्त्र चलाउन जनतालाई महंगीको चपेटामा पार्न सफल छन् । पार्टीको नाम जे सुकै होस् वाद र सिद्धान्त जे सुकै लिए पनि देश लुट्ने यिनको प्रमुख दायित्वमा पर्छ । अर्थमन्त्रालयमा जनार्दनको शासन चलोस् वा केपी ओलीका दोस्ती डा. युवराज खतिवडाको चलोस् । यिनले राज्यको कर कालो व्यापार गर्नेलाई घटाएर चामल, चिनी, खानेतेल, साबुन, गेडागुडीजन्य बस्तुको बजार आकाश चुम्ने गराएका छन् । यिनले घिच्ने भत्ता, सेवा सुविधा हरेक दिन बढेको छ । देशको राजश्व घटेको छ । देशमा चुनाव गर्ने भनिएको छ । चुनावको मिति घोषणा भएको दिनदेखि कान्तिपथस्थित सेतो हात्तीका खेतालाको भत्ता दोब्बर बढेको छ । निर्वाचनका लागि खट्ने प्रहरीले शान्ति सुरक्षाका निम्ति आवश्यक पर्ने सामग्री जनशक्ति माग अनुसार स्वीकृत हुँदैछ । देश लुटाहा राजनीतिक ठेकेदारहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओलीसम्मको हितमा यिनलाई राजातुल्य बनाउनका लागि राज्यको ढुकुटी खरानी बनाउनु पर्ने तर देशको सुरक्षा शक्तिलाई चुनावको बेला आवश्यक पर्ने २५० भन्दा बढी गाडीको माग गर्दा १८० गाडीका लागि रु ७५ करोड पाउँदा फुर्किनु पर्ने बाध्यता छ । सरकारले प्रहरीलाई रु १ अर्ब ४३ करोड ९९ लाख रूपैयाँ निर्वाचन प्रयोजनका लागि दिएको छ । १ लाख २० हजार म्यादी प्रहरी माग्दा १ लाख १५ हजार दियो । सुरक्षाका निम्ति सेनाले ७४ हजार, सशस्त्र प्रहरीले ३५ हजार, नेपाल प्रहरीको म्यादीबाहेक ७१ हजार ६ सय ९३ जनशक्ति निर्वाचनका निम्ति परिचालन हुने बताइएको छ । राज्य श्रोतको दोहन गर्ने कम्युनिष्ट जस्ता भ्रष्ट गुटवादी, परिवारवादी नेपाली काँग्रेस कम छन् । सशस्त्र समूहको टिम पनि यही खट्छ । तर बजेट अडकलेर पाउँछ । काँग्रेसले ठेक्का दिँदा र भुक्तानी गराउँदा पाउने प्रतिशत खाने गथ्र्यो । कम्युनिष्टहरूले रु ४ करोडको ठेक्का ७ करोड बजेट बढाएर ३ करोड खाएको प्रमाण केपी ओली शासनकै छ । भ्रष्टाचार नीतिगत लुट, गुटबन्दी र परिवारवाद कम्युनिष्टहरूको सिद्धान्त, नीति, त्याग, बलिदान बन्दैछ । नेकपा नामका घटकहरूमा निष्ठा र त्याग छैन । त्यसैले तिनले ल्याएको बजेटमा गरिब र किसान सुकुम्बासी र असहायको सेवक भएन । पुँजीवादी परम्पराभित्रको बजेटमा कालो बजार नियन्त्रणमा परेन । बेरोजगारलाई रोजगार कम्युनिष्ट शासनमा कस्तो हुन्छ त्यो त केपी ओलीका छोराछोरीले झार उखेलर राज्यकोषबाट बाँडेको भत्ता लिएर फोटो खिचेर फेरबुकमा हालेकै हुन् । २ सय ऋण लिएर २० हजार उठाउने साहुकर कम्युनिष्ट शासनमा मौलायो । प्रहरी सेवामा छँदा मीटरब्याजमा ऋण लगानी गरेर धरौटी राखेको जमिन फिर्ता नगर्ने नवराज सिलवाललाई ओलीले सज्जन देख्छन् । मिटरव्याजमा ऋण लिएर उद्योग चलाउँदा डुबेका गुणबहादुर थापालाई सामन्त देख्नसक्छन् ।
कम्युनिष्ट शासनमा किसानका उत्पादन विचौलिया हावी बनाएर बारीमा सडे । भारतको तरकारीले नेपालका शहर ढाक्यो । तर किसानको उत्पादन राज्यले बजारमा ल्याएर बेच्न चाहेन । उखु किसानको पैसा नतिर्ने पनि कम्युनिष्ट शासनमा चर्को भयो । अहिले उखु किसान विस्थापित भएका छन् । किसान मारा कम्युनिष्टका कारण मल बिउ समयमा उपलब्ध भएको छैन । अर्थ र कृषिमन्त्री मात्र देशभक्त हुने हो भने मुलुकका जनताले यस्तो भयावह अवस्था व्यहोर्नु पर्दैन । कम्युनिष्टका नेता लुटाहा भएकोले लोकतन्त्र, गणतन्त्र र समावेशीतामाथि प्रहार भएको हो । यस्तो अव्यवस्थित वातावरण बनाउने कम्युनिष्टले नत सुरक्षा अंगप्रति विश्वास दिलाउनसक्छ । नत जनताको विश्वास लिनसक्छ । २३ सिटे काँग्रेस सत्ताको नायक बन्नुको कारण कम्युनिष्ट नालायकी हो ।
अहिले सिंहदरबारमा माफियाको रजाइँ छ । जहाँ अर्थमन्त्री नामका जनार्दन शर्मा जस्ता धुन्दकारी छन् । जसले मुलुकको निम्ति कहिल्यै गम्भीरता देखाएनन् । परिवर्तनको डंका पिट्न तिनै शर्माको गाउँमा दलितका नाममा सामूहिक हत्या हुन्छ तर ठूला जातका भएकै कारण ठकुरीहरू कारबाहीमा परेनन् । माओवादी नामका ब्वासाहरूको जमातका कृष्णबहादुर महरा, वर्षमान पुन पनि अर्थमन्त्री भए उनीहरूले जनतामा यस्तो अपराध गरेनन् । जति अपराध अहिले जनार्दन गर्दैछन् । राज्यस्रोत मारेर जनताको जीवनसँग खेल्ने त्यही जनार्दन शर्मालाई नै पार्टी अध्यक्ष प्रचण्डले बोकेका छन् । अर्थमन्त्रालयको त्यो काण्डबाट प्रचण्ड समेत चोखो छैनन् । डा. युवराजको अपराधमा केपी ओली जोडिएका थिए । ओली त आफैं साढे थिए । ओलीको एकलौटी शासन जस्तो अहिले होइन । तर काँग्रेसले कम्युनिष्टका गाँडमा कलंक बढेकोमा विस्मात गर्दैन । किनकि चुनावमा कम्युनिष्ट बदनाम भए भने काँग्रेसले ठाउँ पाउँछ । कम्युनिष्टले जस्तो काँग्रेसले उत्पादनको जह्रामै प्रहार गर्न सकेको थिएन । तर जनार्दन जस्ता पौरखीहरूले त्यो बाटो बनाएका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल