Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको नतिजा आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तीसारमा एक समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका अधिकांश कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले पुरस्कार हस्तान्तरण गरे । उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने र सबै कर्मचारीहरुलाई यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन प्रोत्साहन गर्ने बताए ।