Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुकुम्बासी बस्तीबाट सरकारले जबरजस्ती उठिबास गराउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। थापाथलीको सुकुम्बासी बस्तीका गोपाल रन पहेलीसहितले शुक्रबार सर्वोच्चमा रिट पेश गरेका हुन्। काठमाडौँका नदी किनाराका सुकुम्बासी बस्ती शुक्रबार बेलुका ७ बजेसम्ममा खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरिसकेका छन्। तर जुनसुकै स्थानका सुकुम्बासी बस्तीबाट भूमिहीनलाई जबरजस्ती उठिबास लगाउन लागेको भन्दै निवेदकले उक्त कार्यमा रोक लगाउन माग गरेका छन्। निवेदन शुक्रबार दर्ता गरी सुनुवाइ समेत यसै दिन गर्न माग गरेका छन्। काठमाडौं उपत्यका तथा देशै भरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबर्जस्ती कारबाही नगर्नू, नगराउनू, नेपाल प्रहरी लगायतका सुरक्षा निकायको प्रयोग गरी सुकुम्बासी बस्तीमा उठीबासका लागि गैरकानुनी बल प्रयोग नगर्नू, नगराउनू भन्ने अन्तरिम आदेश जारी गरि पाऊँ, निवेदनमा माग गरिएको छ। सर्वोच्चले अहिलेसम्म निवेदन दर्ता नगरेकाले सोमबार पहिले सुनुवाइको सम्भावना कम छ।
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल