Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । चार दिनको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासङ्घले जनाएको छ ।