Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तस्करी सत्ताधारिलाइ अनुसन्धानै भएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले सो प्रकरणमा सत्तारूढ दलका मानिसमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाकजस्तो देखिएको उल्लेख गरे ।

सरकारले गर्ने अनुसन्धान बम होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी उनले गरे । शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकामा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशंका व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्कने काम गरेको बताए । अनुसन्धान अपुरो भएको भन्दै उनले अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुन सक्ने आशंका व्यक्त गरे ।


सम्बन्धित समाचार