Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा, नेप्से ३१.६२ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं। बैंकहरुले ब्याजदर घटाएको प्रभाव सेयर बजारमा परेको छ। ऋणको माग नभएपछि बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएको प्रभावस्वरुप नेप्से परिसूचक आइतबार ३१.६२ अंकले बढेको छ। नेप्से २१२०.६२ विन्दुमा पुगेको छ।

२० मध्ये १८ वटा वाणिज्य बैंकले माघ महिनाका लागि ब्याजदर घटाएका छन्। त्यसैको प्रभावले नेप्से बढेको विश्‍लेषकहरुले बताएका छन्।

व्यापार र होटल बाहेकका उपसमूहले बजार बढाएका हुन्। जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ४.५८ प्रतिशतले बढेको छ। यस्तै अन्य समूहको सूचक २.७७ प्रतिशतले उकालो लागेको छ।

एक दर्जन कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेकामा तीमध्ये ९ वटा जलविद्युत क्षेत्रका हुन्। यस्तै हिमालन रि इन्स्योरेन्सको सेयर मूल्य पनि सर्किट लागेर बढी प्रति कित्ता ४९७.८० रुपैयाँ पुगेको छ।

बजारमा ५ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर भएको छ। यो कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको हो।


सम्बन्धित समाचार