Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वीस सिंगापुरले पायो मल आयात ठेक्का

२ मंसिर, काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ ।

कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डीएपी मल आयातको सुनिश्चितता हुनेछ । ५० हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का लाग्ने निश्चित भएको छ, कार्कीले भने, मल खरिदको कुल लागत ५ अर्ब हाराहारी छ । मूल्यांकन रकम भन्दा सस्तोमा ठेक्का लागेको
कार्कीकाअनुसार डीएपी मलको लागत मूल्यांकन ९ सय ३३ डलर प्रति मेट्रिकटन रहेकोमा ८७८ डलर ४४ सेन्टमा स्वीस सिंगापुरले ठेक्का हालेको थियो । यस्तै प्रतिमेट्रिकटन ४४७ डलर मूल्यांकन रहेको युरिया खरिदमा स्वीस सिंगापुरले ७४० डलरमा सबै भन्दा कम प्रस्ताव गरेको थियो ।
कम्पनीसँग अबको केही दिनमा ठेक्का सम्झौता गर्ने तयारी कृषि सामग्रीले गरेको छ ।
कम्पनीसँग अहिले ३० हजार मेट्रिकटन युरिया, २२ हजार डीएपी र ३८ सय मेट्रिकटन पोटास मौज्दात रहेको प्रबन्ध सञ्चालक कार्कीले बताए । भारतसँगको जीटूजीको रासायनिक मल पनि अर्को साताबाट नेपाल भित्रिन सुरु गर्ने कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल