Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हराएकी किशोरीको पशुपतिनजिकैको जंगलमा शव भेटियो

काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए । उनले भने, आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । थेवेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए । सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन्। उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।


सम्बन्धित समाचार

प्रचण्डलाई ढाक्रे बनाउन पाक्यो खिचडी

२०८१ बैशाख १९

ताजा नेपाल

आफन्त र नेता नव कुवेर बन्दै

२०८१ बैशाख १९

ताजा नेपाल