Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१८ हजार जनताको खुनमा रजाई गरेका प्रचण्डको राजनीतिक भविष्य के हुने हो ?

काठमाण्डौ । जब देशमा अस्थिरता आउछ प्राय नेताहरु कै कारण हुन्छ । नेताहरु आफ्नो स्वार्थमा लाग्दा देशमा आन्दोलन हुन्छ शिक्षा रोजगार र विकासका बाटाहरु बन्द हुन्छन् । यो हुनु भनेको देशमा नेताहरु कै कारण भैरहेको छ । नेताहरु पद र शक्तिको पछि लाग्ने कारणले नै अस्थिरता छाएको हो भनेर हामीले भन्न सक्छौ । यहि अस्थिरता पछिल्लो समय प्रचण्डले देखाउन खोजिरहेका छन् । जब उनको माओवादी पार्टी एमालेमा बिलए हुदा शक्तिशाली नै थिए ।

उनको दाँउ केपि ओलीलाई आफ्नो अडरमा राख्न चाहान्थे तर सम्भब भएन के पि ओलिले ससद भंग गरेपछि प्रचण्ड आन्दोलनको आधिबेरी ल्याइ ओली सरकार ढालेर आफूm देशको कार्यकारी प्रमुख र पार्टीको अध्यक्ष बनि पार्टी र देशलाई नै कब्जा गर्ने रणनितिमा लागेका थिए । तर उनको सपना अदालतले तुआऐपछि प्रचण्डाका योजना भताभुङ्ग भयो । पछिल्लो समयमा एमाले पार्टी त के माओवादीका शक्तिशाली नेताहरुलाई एमाले मै छोडेर आफ्नो पूरानै माओवादी पार्टीमा फर्किन बाध्य हुनु पर्याे उनको पार्टीमा सिमित नेताहरु मात्रै बचेका छन् । कार्यकर्ताहरु तितर बितर भएका छन् । अबको आम चुनावमा प्रचण्ड माओवादी संसदीय चुनावमा लज्जासपद हार हुने पक्कै छ ।

प्रचण्डले यी सबै कुरा थाहा नपाएका होइनन् । उनका सबै योजना भताभुङ्ग भएपछि आफ्नै सहकर्मीहरुलाई दुस्मन ठानी धम्क्याइ यु्द्ध गर्छु भन्दै भाषण गर्न थालेका छन् । तर उनको कुरा न राज्यले विश्वास गर्छ न जनताले नै अबका दिनमा आफनो राजनितिक भविष्य केपि ओलीले सिन्द्याइदियो भन्दै विलौना सुनाउनु भन्दा बाहेक केही छैन ।उनै प्रचण्डको नेतत्वमा अठार हजार जनताले बलिदान दिएका थिए अबका दिनमा प्रचण्डको नाममा एक जना पनि बलिदान दिन तयार छैनन् । यसै कारणले गर्दा पनि प्रचण्डले फुर्ती लगाएर भाषण नगरे हुन्छ । अबका दिनमा मेरा पछाडि लाग्ने मान्छे बिना स्वार्थ राजनीतिक हिसाबले कोही पनि अगाडि बढ्ने बाला छैनन् भन्ने कुरा प्रचण्डले बुझेर अगाडि बढ्दा ठिक होला ।