Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२० ठाउँमा बुथ कब्जा भएको एमालेको निष्कर्ष,पुन:मतदान गराउन माग

काठमाडौं – नेकपा एमालेले देशका थप २० स्थानमा बुथ कब्जा भएको निष्कर्षसहित निर्वाचन आयोगमा निवेदन दिएको छ।
एमाले महासचिव शंकर पोखरेलले आज निर्वाचन आयोगमा एक पत्र पठाउँदै देशका थप २० मतदान केन्द्रमा बुथ कब्जा भएकाले पुन मतदान गर्न माग गरेको हो। यसअघि निर्वाचन आयोगले दोलखाका १० स्थानमा पुन मतदान गर्ने निर्णय गरेकाबाहेक थप २० ठाउँमा पनि सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको निष्कर्ष छ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएकोबारे त्यही दिन नै एमालेका उम्मेदवारहले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनःमतदानका लागि निवेदन दिएका थिए, एमालेले भनेको छ, आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्र ममा रहेको स्पष्ट देखिन्छ।
आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनःमतदानको आदेश गरेको जनाउँदै एमालेले अन्य स्थानमा पनि त्यही अनुसार निर्णय हुनुपर्ने माग गरेको छ। ‘हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ।

एमालेका अनुसार बुथ कब्जा भएका केन्द्रहरु

१० कालिञ्चोक १ नं. बेगुम्पा मतदान केन्द्र क र ख, दोलखा
२० शैलुङ्ग गाउँपालिका वडा नं. २ भुसाफेदा नविन मावि मतदान केन्द्र, दोलखा
३० चापाकोट नगरपालिका वडा नं. ३ दिसिङ्गकोट आधारभूत मावि कमेरे, स्याङ्जा
४० चापाकोट नगरपालिका वडा नं. ४ को राम मन्दिर मावि दार्सिङ्ग नरसेवा
५० चापाकोट नगरपालिका वडा नं. ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी
६० चापाकोट नगरपालिका वडा नं. ५ दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्र, स्याङ्जा
७० बाजुराको त्रिवेणी नगरपालिका वडा नं. २ को त्रिभुवनेश्वरी मावि मतदान केन्द्र
८० बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ३ को मष्टेश्वरी आधारभूत विद्यालय,
९० बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ७ को नाटेश्वरी आधारभूत विद्यालय,
१०० बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ८ को नवदुर्गा आधारभूत विद्यालय,
११० खप्तडछेडा गाउँपालिका वडा नं. २ को मालिका मा।वि। मतदान केन्द्र,
१२० खप्तडछेडा गाउँपालिका वडा नं. ४ को खापरदेवस्थली मा।वि।
१३० बुढीगंगा नगरपालिका वडा नं. ७ शारदा मावि मतदान केन्द्र,
१४० बुढीगंगा नगरपालिका वडा नं. ४ थमा मा।वि मतदान केन्द्र,
१५० बुढीगंगा नगरपालिका वडा नं. ८ को गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्र,
१६० बुढीनन्दा नगरपालिका वडा नं. ५ को नन्देश्वरी मतदान केन्द्र,
१७० बुढीनन्दा नगरपालिका वडा नं. ७ को घटाल आधारभूत विद्यालय,
१८० बुढीनन्दा नगरपालिका वडा नं. ९ को हिमाली आधारभूत विद्यालय
१९० हिमाली गाउँपालिका वडा नं. ५ को बागेश्वरी आधारभूत विद्यालय
२०० हिमाली गाउँपालिका वडा नं. ६ को बढीमालिका मावि मतदान केन्द्र