Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४० सांसदले पोख्रेललाई छेके

काठमाण्डौ । मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ । उल्लेखनीय छ, सांसद वलीलाई माओवादी केन्द्र रोजेकै कारण अनुशासनको कारवाही हुन नसक्ने देखिन्छ । उनी उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचित भएका कारण नेकपा खारेज भइसकेको अवस्थामा उनी कुन पार्टीमा रहने भन्ने निर्णय गर्न स्वतन्त्र रहन्छिन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताए । प्रदेश प्रमुखले विधि तथा नियम मिचेर कुनै काम नगर्ने प्रतिवद्धता जनाएको पनि उनले जानकारी दिए । आफूहरुले चाँडै नै सरकार बनाउने दावी उनको छ ।


सम्बन्धित समाचार