Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिक अभियान भन्छ निर्वाचन रोक

काठमाण्डौ । केही दशक यता मूल्यहीन राजनीति र अनुत्तरदायी प्रवृतिले सनातन धर्म र संस्कार पध्दतिलाई परित्याग गराई नेपाली मौलिकता र राष्ट्रिय स्वाभीमानलाई उपेक्षा गर्नाले परावलम्वी निरीह वन्दै आएको पीडा सवैले अनुभव गरेको तीतो सत्य हो । विभिन्न राजनीतिक वादहरुका नाममा २००७ सालदेखी २०७८ सालसम्म ४० पटक प्रधानमन्त्री वने । हुनु नहुनु भयो, तर नेपाल र नेपालीको हकहीतमा उल्लेख्य केही भएन । २०४७ सालको संविधानलाई नासेर आएको २०७२ सालको संविधानले सवै समुदायलाई समेटेर सनातन पहिचानको संरक्षण र संबद्र्धन गर्न सकेन । राष्ट्रिय एकताका धरोहर, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सम्वन्ध र छिमेकीहरुसंगको कुटनीतिका जगहरु खलवलिएका छन । विद्यमान संविधान अपूरो, सदन कामयाव नहुनु, संविधान वनाउने दलहरू र नेताहरूले त्यस्को स्वामित्व ग्रहण नगर्नु, दुईतिहाई बहुमतको सरकार अल्पमतमा पुग्नु, दलगत गुटवन्दी हावी हुनु, प्रति पक्ष अनिर्णय र मूकदर्शक रहनु आदि दृष्टिकोर्णले नेपाल असफल उन्मुख भएको छ । कोरोना कहरको सामाना गर्ने कार्य योजना पेशगर्न सर्वोच्च अदालतवाट आदेश जारी भएका अवस्था छन । संमाननीय राष्ट्रपतिवाट पछिल्लो पटकवर्तमान संमाननीय प्रधानमन्त्रीलाई गराईएको सपथको वैधानीकता वारे समेत सर्वोच्चमा रिट परेका छन । कोरोना महामारीमा राज्यका गतिविधिमा प्रदर्शन भएका कमजोर व्यवस्थापनले जनताको मन जित्न नसकेको कटुसत्य हुन । यस्तो कहाली लाग्दो विश्व व्यापी महामारीमा नागरिकका जिंउ ज्यानको प्रवाह नगरी राष्ट्रिय सभा अन्तर्गत प्रदेशतर्फको रिक्त रहेका राष्ट्रिय सभा सदस्य पदहरुमा यहि जेठ ६ गते मतदान हुने आमजानकारीमा रहेकै बिषय हो । राष्ट्रिय स्वास्थ्य संकटका वेला अर्थतन्त्र र राजनीति प्रावधान भन्दा जनताको ज्यान र मानवीय पक्षहरुले नै उंच्च प्राथमिकता पाउनु हरेक दृष्टिकोणले औचित्य हुन्छ । जुन राज्य सरकारको आधारभूत कर्तव्य पनि हो । आजसम्म पनि नागरिकको स्वास्थ्य र मानवीय पक्षको सरोकारका विषयमा वास्ता नगरी हुन गईरहेको उक्त मतदान आजसम्म पनि स्थगित नभएकोले नेपाल नागरिक अभियानको ध्यानाकर्षण भएको छ ।

संक्षेपमा यी निर्वाचन,

  • मुलुकका प्रमुख राजनीतिक दल र नेता बिशेषको पद र प्रतिष्ठा वचाउने माध्यम वाहेक खासै महत्व नरहने अवस्था छ । यसवाट दलका केही आन्तरिक अभिलाषा पूरा गर्ने चलखेलका लागि मार्ग प्रशस्त गर्ने गरी उपायका रुपमा उपयोग हुने देखिन्छ ।
  • यस निर्वाचनमा हुने चलखेलले नागरिकलाई कोराना कहर संक्रमणको थप त्रास र जोखीम वढाउने आफैमा स्पष्ट छ ।
  • यस निर्वाचनमा स्थानीय राजनीतिक कार्यकर्ता तथा मतदातामाखासै उत्साहित नरहेको कार्यकर्ताहरु र मतदाताहरु कोविभाजनमा पर्ने प्रवल सम्भावना रहेको छ ।
    विश्वव्यापी कोरोना महामारीका कारण ईतिहासमै त्रासपूर्ण अघोषित राष्ट्रिय संकटको अवस्थामा देशका नागरिकहरुको जिंउ ज्यान, स्वास्थ्य र जीवनयापनका पक्षहरुलाई उंच्च प्राथमिकता दिएर राज्यको सवै साधन, स्रोत र क्षमताहरु एकिकृत रुपमा व्यवस्थापन र परिचालन हुनुको साटो केवल चूनावमा जोड दिईनुले मानवीय पक्षलाई वास्ता नगरिएको सावित छ ।
    राज्य संकटमा परेको वेला संविधानका मतदानका प्रावधानका नाममा राष्ट्र र राष्ट्रवासीको साझा हकहीतमा सम्भावीत विकल्पहरु (सहमतिमा अध्यादेशको वाटो आदि) को उपयोगमा ध्यान नदिएर चूनाव गराउनमा तम्सिनु देशका हीतमा छैन । विद्यमान संविधान अपूरो र असफलका प्रशस्त कारक तत्वहरुमा यो पनि एक प्रवल कारण हो ।
  • सवै द्वन्द पीडितहरु, अशक्त, सहिद परिवार, फरक क्षमता, महिला, रैथाने जनजाती, दलित, अयोग्य लडाकु, वाल सेना, जनजाती आदिका गुनासाको यथोचित समाधान हुन सकेका छैनन । दिन प्रतिदिन नागरिकलाई ऋणको भार थपिए पनि रोग, भोग र वेरोजगारको भरपर्दो व्यवस्था हुन सकेका छैनन । मजदुर, किसान मात्रै होईन अधिकतम उद्योगी, व्यवशायी तथा विभिन्न विधाका विज्ञहरु समेत सन्तुष्ट हुन नसकिरहेको अवस्था विध्यमान छन । कोरोना महामारीको तेस्रो चरण कस्तो हुने हो एकिन नभएको वेला दोस्रो चरणकै कहरको भरपरर्दो व्यवस्थापन हुन नसकेको जग जाहेरै छ । पटकपटक सरकारवाट नै उल्लंघन गरी अपूरो सावित भएको वर्तमान संविधानकै विरोधमा आम जनसमुदाय सडकमा उत्रिएर विरोध भैरहेको परिप्रेक्ष्यमा निषेधको मानसिकताबाट माथि उठी नागरिक अभियन्ता, राजसंस्था प्रतिनिधि र सबैदलका प्रतिनिधिहरूको सर्वपक्षीय राजनैतिक निकास हुनुपर्छ । रोग, भोग, वेरोजगारको तनाव, वाह्य दवाव र मूल्यहीन राजनीति, दलाल नेतृत्व प्रवृत्तिवाट नेपाली वचाउन र वनाउन राजा, राष्ट्रवादी दल, संघ संस्था र देशको सेनाले सहासीक उत्तरदायी भएर आफनो औचित्यता देखाउने वेला आयो नेपाली वचाउन र वनाउन ।

अतः यस मतदानले राष्ट्रिय राजनीतिमा निश्चित राजनीतिक दलका व्यक्तिका व्यक्तिगत पद प्रतिष्ठा जोगाउने वाहेक अन्य खासै राष्ट्रिय उपलव्धी नहुने तथा बिश्व कोरोना महामारीको परिवेशमा देशका नागरिकहरुको जिंउ ज्यान र अन्य मानवीय संम्वेदनशीलता समेतलाई उंच्च प्राथमिकता दिई हाललाई यस मतदान तथा निकट भविष्यमा अन्य प्रदेशमा हुने यस्ता प्रकृतिका अन्य निर्वाचन स्थगित होस भन्ने जोडदार माग सहित नेपाल नागरिक अभियान नेपाल सरकार र सरोकार निकायहरुमा अपिल गर्दछ । तथा मतदानका राजनीतिक मतदाताहरु र सम्वध्द राजनीतिक दलहरुमा समेत यस निर्वाचन हालका लागि स्थगन वा वहिष्कार गरी मुलुकका सवै सहर गांउमा कोरोना महामारी नियन्त्रण र रोकथाम एवं नेपाली नागरिकहरुको जीवन यापनका आधारभूत विषय वस्तुमा एकिकृत भई भरपर्दो व्यवस्था मिलाउन सार्वजनीक अपिल गर्दछु ।

                                                                                                            डा. ठाकुर मोहनश्रेष्ठ (राष्ट्रिय संयोजक)


सम्बन्धित समाचार