Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेस स्वतन्त्रता बचाउन माग

काठमाण्डौ । फ्रिडम फोरमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोसिने सम्भावना बढेको भन्दै सबैलाई सचेत गराएको छ । फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रतिकुल समयमा संविधानका मान्यताहरु कुल्चिँदै देशलाई चुनावमा धकेल्ने विवेकहीन कदम चालिएको टिप्पणी गरेका छन् । यस्तो अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र प्रेसमाथि पनि अंकुश बढाउने खतरातर्फ बेलैमा सचेत र जागरुक रहन हामी सबैमा आह्वान गर्दछौं,’ विज्ञप्तिमा दाहालले भनेका छन्, ‘साथै, त्यस्तो कुनै कदम नचाल्न पनि सरकारलाई सचेत गराउन चाहन्छौं ।’संविधानका अक्षर र मर्म एवं सर्वोच्च अदालतको फैसला विपरीत राज्यको सर्वोच्च पदाधिकारी राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट विभिन्न गतिविधि भइरहेको फोरमको भनाइ छ । ‘अहिलेको अराजक राजनीतिक सन्दर्भमा आम नागरिकका आधारभूत नागरिक स्वतन्त्रता पनि जोखिममा पर्न सक्नेमा हामी सचेत र चिन्तित भएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार