Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी ध्वस्त बनाउनेहरुप्रति सजग रहन प्रचण्डको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको नीति र योजनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि अभियानको रुपमा संचालन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी भित्रको सानो कमजोरीलाई पनि उचालेर बदनाम गराउने कोसिस भइरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा बोल्दै पार्टीका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल विश्वका प्रतिक्रियावादीहरुले गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्ने गरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाइ थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताएका थिए ।