Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनता रहे त देश रहन्छ नि होइन र ?

कोरोनाका कारण ७ हजार भन्दा नेपालीले ज्यान गुमाइसकेका छन् भने सरकार यो रोग नियन्त्रण गर्न चित्तबुझ्दो तरिकाले लागि परेको छैन । सरकार तथा पाटी भित्रकै किचलोका कारण अहिले सारा अस्तव्यस्त बनेको छ भने देशभर निषेधाज्ञा छ । देश कोरोनाले ग्रस्त बनिरहेको बेला सरकारले देशमा गणतन्त्रको उल्लास मनाइरहेको छ । यसबारेमा अभिनेत्री प्रियंका कार्कीले देशको समस्या नियन्त्रणमा सरकार लाग्न सुझाव दिएकी छन् । जनताले चुनाव नचाएको भन्दै अहिले देशमा भइरहेको विकरल समस्या नियन्त्रण गर्न सामाजिक सञ्जालफेसबुकमा उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् –
हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध ः आखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेरनूस्, आहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिदैन ? यो आहिले प्राथमिकतामा पर्देंन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ? देश हाक़ने शक्ति, देशलाईं प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र ज़िम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?


सम्बन्धित समाचार