Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीमाथि पोखियो रावलको आक्रोश

काठमाडौं। नेकपा विभाजनको मुख्य कारण भनिएका अध्यक्ष केपी शर्मा ओली र विद्रोही भीम रावलको सम्बन्ध निकै चिसिएको छ । नेकपा एमालेबाट निश्काषित नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनिष्टको काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक पटक प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरुहरुलाई गुट राजनीतिमा धकेल्ने काम गरेको लगायत गम्भीर आरोप लगाएका छन् । उनले लेखेका छन्, राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक(पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल