Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोरीलाई बलात्कार गरेकोको अभियोग पक्राउ

काठमाडौँ । ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल