Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विरोधको आँधी आउन थालेपछि महतोले यसो भने

काठमाडौँ । अभिव्यक्तिको विषयलाई लिएर चौतर्फी विरोधको सामना गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रष्ट्याएका छन् । मन्त्री भएलगत्तै कार्यभार सम्हाल्दै शुक्रबार र शनिबार पनि एक कार्यक्रममा बहुल राज्यको कुरा उठाएका महतोले आफ्नो भनाइलाई बंग्याइएर गलत अर्थ लगाइएको गुनासो समेत गरेका छन् । महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु। महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेको नेपाल–खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो भने उसको विद्यार्थी संगठनले महतोको पुत्ला दहन गरेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल