Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निषेधाज्ञामा तरुनीसँग डेटिङ काण्ड ढाकछोप गर्न रमेश सिंह सक्रिय

काठमाडौं । कोरोना कहरका कारण आम मानिस प्रभावित बनिरहेको अवस्थामा एउटा जिम्मेवार पदमा रहेका ब्यक्ति दिनदहाडै सार्वजनिक स्थानमा तरुनी च्यापेर बसेको समाचार यति बेला चर्चामा छ । घट्ना गत आइतबारको हो । आइतबार बिहान निषेधाज्ञा उल्लङ्घन गर्दै सरकारी गाडीमा तरुनी लिएर ‘डेटिङ’मा जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ यति बेला अप्ठेरोमा परेका छन् । उनलाई गृह मन्त्रालयले कारबाहीका लागि पत्र काटेको छ । मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।
निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा लिप्त तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाकै प्रमुख मुछिएका छन् । कोरोना महामारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको बेला आइतबार बिहान अज्दाजी ११ बजेको समयमा स्वयम्भु डाँडामा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी अंकमाल गरेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त गाडी नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठको रहेको खुलेको छ । नयाँ शहर सहरी बिकास मन्त्रालय अन्तर्गतको आयोजना हो । शहरी बिकास तथा भवन निर्माण बिभागका आयोजनाहरु मध्ये नयाँ शहर आयोजना महत्वपूर्ण मानिन्छ । श्रेष्ठले नै एक युवतीलाई लिएर स्वयम्भु परिसर पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेको स्थानीयको भनाइछ । मोजमस्तीमा लिप्त जोडी देखेपछि पत्रकार छायाचन्द्र भण्डारीले घटनास्थलमै उनीहरुकोे तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । उक्त आयोजनाका एक कर्मचारी भने श्रेष्ठ आँफैले गाडी चलाएको र ड्राइभर भन्दै गल्ति ढाकछोप गरेको दाबी गर्छन् । श्रेष्ठको अनैतिक गतिबिधिसार्वजनिक भएपछि अत्तालिएका सहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह यो घटनालाई ढाकछोप गर्न न्वारको बल प्रयोग गरिरहेका छन् । किन कि रोशन श्रेष्ठसंग आर्थिक लाभ लिएर नयाँ सहरमा सह सचिवको दरबन्दीमा उपसचिव रोशन श्रेष्ठलाई पठाएका छन भने सहरी विकास मन्त्रालयबाट अरु मन्त्रालयमा सरुवा भएर जाँदा पनि सहरी विकासमा मोटो रकम लिन पल्केका रकेश प्रसाद सिंह सरुवा भएर पटक पटक आउने गर्छन् । उनि कसैसंग डराउदैनन र मेरो माथिल्लो लेवलसंग उठबस छ भन्दै तलको कर्मचारीलाई टेर्दैनन् । छानी छानी लेडिज कर्मचारीमात्र नियुक्ती प्रति आफिसका कर्मचारीले नै कुरा काट्न थालेका छन् । आर्थिक चलखेलमा सिपालु सचिव रमेश प्रसाद सिंह माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा किन पर्दैन ? एकथरि मानिसको चासो रहेको छ । सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए पछि सम्बन्धित निकायले श्रेष्ठ माथि कस्तो कार्वाही गर्छ र भ्रष्ट ब्यक्ति रमेश प्रसाद सिंहलाई अझै पनि शहरीमा राखिराख्ने हो भने सहरी विकास मन्त्रालय भबिष्यमा के हुने हो सर्वत्र आलोचना भैरहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल