Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सात सिटमा आठ भाइको लडाई ?

काठमाण्डौ । प्रधानमन्त्री पद एउटै छ । तर उपप्रधानमन्त्री भने सत्ता बचाउन र टिकाउन कति बनाउने हो त्यो प्रधानमन्त्रीको तजबिजको अधिकार हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ३ जना उपप्रधानमन्त्री बनाइएको थियो । तर यस पटक १७औ प्रम भएको बेला एक उपप्रधानमन्त्री बनाएका थिए भने १८औँ मा ३ जना उपप्रम बनाएका छन् । त्यहाँ एमालेका २ जना जसपाका १ जना रहेका छन् । सुरुमा २२ जना सांसद रहेको जसपाले ८ मन्त्री २ राज्य मन्त्री पाएको छ । सरकारले बजेट घोषणा गरेपछि कार्यान्ययनको अवस्थामा गृह, सञ्चार, उधोग, रक्षा, पर्यटन, कृषि र सामान्य प्रशासन मन्त्रालय खालि छन् ।
माओवादीबाट एमाले भएकालाई मन्त्री दिने की नदिने लडाईं चलिरहेको बेला गत साता पुनर्गठन भएको मन्त्रिपरिषद्मा रामबहादुर थापा, लेखराज भट्ट, प्रभु शाह र टोपबहादुर रायमाझिले समेत मन्त्री पाएनन् । उनीहरू एमालेको ओली तिर लागेपछि नयाँ जोगीले धेरै खरानी धसेजस्तै प्रचन्डविरुद्ध कुर्लिरहेका थिए । तर पनि मन्त्री पाएनन् । अब माधवपक्षलाई मिलाउने हो भने यिनीहरूको भाग पाउने सम्भावना घट्दैछ । आफैंभित्रका हनुमानहरूलाई मन्त्री बनाउने चाहना भए पनि प्रधानमन्त्री ओलीलाई संकट छ किनकी उनीविरुद्ध अदालतमा मुद्दा परेको छ । कानुन व्यवसायीहरूले संसद भङ्ग गरेको अवस्थामा मन्त्रि परिषद् पुनर्गठन गर्न नहुने बताएपनि सर्वोच्च अदालतले यो विषय थान्को लगाइदिएको छ ।
हिजो राम्रो काम गर्दागर्दै मन्त्री पद खोसिएका लालबाबु पण्डित, गोर्कण विष्ट, घनश्याम भुषाल, योगेस भट्टराई अहिले पार्टी एकताको पक्षमा लागे पनि मन्त्री भने रघुविर महासेठले पड्काए । उनी उपप्रमसहित परराष्ट्रमन्त्री भए । यस्तो बेलामा महेश बस्नेत, किसन श्रेष्ठलाई मन्त्री बनाइयो भने सांसद अपहरण काण्डको सफाई पाउने अवस्था नआउला भन्न सकिन्न । किनकी यो मेसोमा गोकुल बाँस्कोटाले मन्त्रीको दावी गर्नु अनौठो होइन । एमालेभित्र निरु पाल, विमला राई, खगराज अघिकारी, शान्ता चौधरी, कृष्णभक्त पोखरेल र विशाल घट्टराई मन्त्रीका दावेदार छन् उनीहरू प्रमओलीका हनुमानै हुन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल