Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो हुन्छ खुकुलो निषेधाज्ञा ?

काठमाडौँ । कोरोना कहरले गाँजेपछि शुरु भएको निषेधाज्ञा अझै १५ दिन थपिने छाँटकाट देखिएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको हो। काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । राजधानीमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने अनौपचारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा थपिए पनि अहिलेको भन्दा केही खुकुलो गर्ने तयारी रहेको बताए । उनका अनुसार यसपटक विकास निर्माणलाई थप प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने छ। त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तोकेर खोल्न दिने तयारी भएको छ । यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी निषेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा जेठ मसान्तसँगै सकिँदैछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल