Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वतन्त्र तिब्बत अभियन्ता पनि मन्त्री

  • अर्जुन ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक विस्तार गरेको मन्त्रिमण्डल र बाबुराम भट्टराईको मन्त्रिमण्डलमा तात्विक भिन्नता छैन । कुनै समय वर्तमान संविधान विरुद्ध भारतले नाकाबन्दी लगाउँदा त्यसको जिम्मा लिएका कथित मधेशवादी र राष्ट्रवादको व्यानरमा नाकाबन्दी फेस गरे भन्ने ओली एकै ठाउँमा उभिएका छन् । पछिल्लो चरणमा केपी ओलीले जुन छवि निमाण गरेका थिए त्यो समाप्त भएको छ । यहाँसम्मकी कुनै समय चीनसँग प्रचण्डको ब्याकिङमा गरेको सम्झौताबाट नेपाली जनताको हिरो बनेका ओली अहिले स्वतन्त्र तिब्बत पक्षधर जनता समाजवादी पार्टीका एकवाल मियाँलाई मन्त्रिपरिषद्मा संलग्न गरेर एमसीसीपछि अर्को असली अनुहार सार्वजनिक गरेका छन् । यो मन्त्रिपरिषद् वास्तवमा नेपालमा एउटा भूमिगत राजनीतिक गिरोह छ त्यसैको निर्देशनमा यो मन्त्रिपरिषद् बनेको छ । ओली त्यही भूमिगत गिरोहका बुख्याँचा मात्र हुन् ।

त्यो भूमिगत गिरोह जसले सैनिक जनरल कुमार फुदुङलाई, पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन ओली, पूर्व प्रहरीदेखि कोमल ओली, बृजेशकुमार गुप्ता, हृदयेश त्रिपाठीलाई कामरेड बनाउछ तर जीवनभरी राष्ट्र र राष्ट्रियताको पक्षमा अडिग केशरजंग रायमाझीलाई गद्दार भन्छन् । यही गिरोहको मन्त्रिमण्डल हो यो । केही समय चीनसँग निकट जस्तो देखिएर भ्रम दिन खोजेका ओलीको भूमिगत राजनीतिक गिरोहले वस्त्र पनि उतारिदिएको छ । उनको अनुहार जस्ताको तस्तै बनाइदिएको छ । यता प्रतिपक्ष ऐजेन्डा विहीन बनेका छन् । उनीहरूसँग न त ओलीसँग भिड्ने एजेन्डा छ न त नीति नै ।

यो कुरा बुझेका ओलीले विपक्षीहरूलाई मुसो खेलाएझैं त्यसै खेलाएका होइनन् । यसकारण विपक्षी गठबन्धन जबसम्म धर्म निरपेक्षता र सङ्घीयताजस्ता घातक एजेन्डा छाडेर मैदानमा आउँदैन तबसम्म ओली बलियो नै रहनेछन् । विपक्षी गठबन्धन ऐजेन्डाविहीन बन्नु भनेको गोलचक्करमा परिरहनु हो । गोलचक्करमा फस्नु भनेको ढिलोचाँडो विघटन नै हो । यमिा मात्र सीमित छैन सम्पूर्ण विपक्षीहरू एक ठाउँमा हुँदा पनि ओली किन टसमस छनन् ? उनलाई देशी विदेशी शक्तिकेन्द्रको आडमा मदन भण्डारी र राजा वीरेन्द्रको हतया गरेको केन्द्रको सहयोग छ । अदालतदेखि सेनासम्मको सेटिङ छ र यदि निर्वाचन भयो भने पनि त्यही सेटिङका आधारमा हुनेछ । यो अवस्थामा बनारसमा पुष्पलाल जस्ता रअका एजेन्टको स्कुलिङमा पूर्व माक्सवार्दले ०४६ पछि एमालेसँग कुण्ठा पोखे जस्तै विपक्षी गठबन्धनको अवस्थाछ ।

त्यो भनेको पूर्व माक्र्सवादी पार्टी जस्तै विघटनको यात्रा हो । कुरा नयाँ जनवादको गर्ने राष्ट्रघाती काँग्रेससँग घाँटी जोड्ने काम भारतीय खुफिया एजेन्सी रअको गर्ने पूर्व माक्र्सवादीका आवाराहरू र विपक्षीहरूमा तात्विक भिन्नता छैन । हो समय अझै पनि बाँकी छ । विपक्षी गठबन्धनले धर्मनिपरपेक्षता र सङ्घीया जस्ता घातक एजेन्डा हाम्रा होइनन् । धर्म निरपेक्षता ओलीका दाहिने हात सुभाष नेम्वाङ र कृष्ण प्रणामी कृष्ण सिटौलाले चोर ढोकाबाट प्रवेश गराएको यथार्थता लिएर जनतामा जान सक्नुपर्छ । अन्यथा तिनै बनारसी पण्डा माक्र्सवादीको जस्तो उनका उत्तराधिकारीहरूले सच्याउँदा आज चीकपाले पार्टीभित्र बचाएन, चीनलाई संसारकै दोस्रो ठूलो सम्पन्न देशको रूपमा उभ्याउन सफल भएको छ । के यसबाट विपक्षी माओवादी केन्द्र र ओली विरोधी एमालेले पाठ सिकेर नीति निर्माण साथ जनतामा जान सक्छ ? यो निर्णय लिन कठिनाई भए पनि लन सक्नुपर्छ । अन्यथा पूर्व माक्र्सवादी बन्न तयार रहनुपर्छ । ओलीले विपक्षी गठबन्धनलाई त्यसै पेलेका होइनन् र अझै पनि उनले पेल्नेछन् । किनभने विपक्षी पार्टी र नेताहरूको कमजोरी उनले बुझेका छन् । भूमिगत राजनीतिका गिरोहको बारेमा माधव, प्रचण्ड, शेरबहादुरजति जानकार कोही पनि छैन । किनभने यी तिनैजना उक्त गिरोहले प्रयोग गरेका पात्र हुन् । ओलीलाई होइन भूमिगत गिरोहले हामीलाई पत्याइदेओस् भन्ने आशामा विपक्षी गठबन्धन छ भने त्यो विघटनको यात्रा हो । नागरिकतादेखि एमसीसीसम्म निर्वस्त्र ओलीको बारेमा अब धेरै टिप्पणी गर्नु पर्दैन ।