Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्ञानेन्द्र शाहीको धम्कीप्रति महासंघले यसो भन्यो

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पत्रकारहरुलाई धम्की दिएकोप्रति आपत्ति नेपाल पत्रकार महासंघले जनाएको छ। समाचार प्रसारण भएको विषयमा जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गरी धम्की दिएको घटनामा महासंघले ध्यानाकर्षण भएको जनाएको हो। केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको घटनाका विषमाय प्रसारित सामग्रीलाई लिएर शाहीले पत्रकारलाई धम्की दिएका थिए। महासंघ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल