Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्बको १६।५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३।५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिनेछ। असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।


सम्बन्धित समाचार