Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्चचिर प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौँ । संविधानलाई आफूअनुकुल व्याख्या र प्रयोग गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका विरुद्ध गरेका केही फैसलाप्रति गुनासो गर्दै ती फैसलाले सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आएको बताएका हुन् । उनले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी अदालतको पछिल्लो आदेश सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको भएको टिप्पणी गरे । उनले अदालतले ठाउँ नचाहिने गरी ब्याख्या गर्न थालेपछि अब ठाउँ चाहियो भन्ने कुरा पनि नभएको तर्क गरे । उनले यसपटकको प्रतिनिधिसभा विघटन आफ्नो सिफारिसमा नभइ संविधानको बाध्यकारी परिस्थितिअनुरुप भएको बताए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल