Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असारे भेलमा पैसाको खोलो

काठमाण्डौँ । असारे खर्चमा आधा भ्रष्टचार हुन्छ, आधा हिलोमा बिलाएर जान्छ, साउन लागेपछि हाल उस्तै । संविधानले जेठ १५ मा नयाँ बजेट ल्याउन भन्यो । बजेट त्यसरी नै ल्याउन थालियो । तर खर्च समयमा गर्न अर्थ मन्त्रालयले कार्यक्रम बनाएन । विकासे मन्त्रालयहरु भौतिक पूर्वाधार शहरी विकास, ऊर्जा, सिचाई मात्र होइन शिक्षा, वन, कृषि, मन्त्रालयहरुले जेठदेखि वैशाखसम्म बजेट छुट्याईएका योजना हेर्दैनन् । जब वैशाख जेठ सकिन्छ त्यसपछि बजेट विनियोजन गरिन्छ ।
सरकारले छुट्याएको बजेट गत वर्षको बजेटमा स¥यो । जब असार लाग्यो त्यस बेला दैनिक रु १ अर्ब ३९ करोडका दरले खर्च गरिन्छ । सरकार समयमा चासो दिँदैन । जेठ मसान्तसम्म रु १ खर्ब ४३ अर्ब ८ करोड पुँजीगत खर्च सरकारले गर्दैछ । पुँजीगत खर्चको ३९.७६ प्रतिशत भनेको रु १ खर्ब ४० अर्ब ३३ करोड हो । त्यही बेला साधारण खर्च रु ९ खर्ब ४८ अर्ब छुट्याइएकोमा रु ७ खर्ब ११ अर्ब खर्च भयो । यो भनेको ७५ प्रतिशत हो । बजेट व्यवस्था हुनासाथ खर्च गर्न शुरु नगर्ने प्रशासनिक लापरवाही बढि छ ।
सरकार सञ्चालकहरुले बजेट विनियोजनमा ध्यान नदिएको फल ४० प्रतिशत भ्रष्टचारलाई साथ दिनु हो । कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा काम गर्नेले विल समयमा नदिने हिसाब मिलाएर खाने प्रवृत्ति घटोस् भनेर जेठ १५ मा बजेट ल्याइने, असारसम्म काम सक्ने गरी संविधानमै व्यवस्था गरियो । असारभित्र खर्च नहुँदा बजेट फ्रिज हुन्छ भन्ने ज्ञान सबैलाई छ ।
बजेट जेठमा आउने, ठेक्का मंसीर लगाउने जस्ता काम अझै हटेको छैन । जबकी सरकारले वर्ष भरको कामका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको थियो । ओली सरकार एक वर्षसम्म कोरोनामा रमायो । जनता भोक भोकै छटपटिए । सरकार कोरोनाको बहानामा स्वास्थ्य सामग्री खरिदमा रमाईरहेको थियो । अदालती प्रहार बारम्बार सहँदा पनि प्रधानमन्त्री र राष्ट्रपतिले मनपरि गर्न छाडेनन् । बेथिति र अराजकताको जड नेकपाको आडमा एमालेको ओली समूह नै सक्रिय भयो । त्यसले मुलुकलाई बन्धक बनायो । राजनीतिक विसंगति जहाँ जाग्छ त्यहाँको विकास थन्कन्छ । मुलुक कोरोनाले आक्रान्त बन्दा सरकार भ्यूटावरमा खर्च गर्छ तर भ्याण्टिलेटर खरिद गर्ने, अस्पताल निर्माण गर्ने काम गर्दैन । कोरोना संक्रमण बढिरहेको छ । संविधान मिचेर जनताको भावनामाथि प्रहार गरिरहँदा आफैँले विकासका लागि छुट्याएको बजेट कहाँ कति र कसरी खर्च हुँदैछ त्यसको अनुमान समेत नगरेर मैमत्ता भएको अवस्थामा सरकारले अदालतबाट झाप्पड पाएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल