Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक्सनमा जान माधव नेपाल तयार

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानको बाटो खोजिए पनि आ–आफ्नै स्वार्थमा नेताहरु लाग्दा अझै जटिल बन्दै गएकोछ । वरिष्ठ नेता माधव कुमार नेपालले सिमा नाघेपछि विद्रोह हुने उल्लेख गर्दै आफूले विचार, मूल्य र मान्यताको राजनीति नछोड्ने स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा विपक्षी गठबन्धनले नागरिक समाजका अगुवा तथा बुद्धिजिवीहरुसँग आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, तपाईँहरुले जेठ २ गते फर्कने कुरा आयो, अब के हुन्छ ? भनेर प्रश्न उठाउनुभयो, के पो हुन्छ र ? जेसुकै भएपनि मूल्यको राजनीति हामी छोड्दैनौं । विचार, सिद्धान्त, मूल्य र मान्यताअनुसार चल्छौं । यी कुरा चाहे राष्ट्र, जनता वा समाजको परिवर्तनसँग जोडिएको होस्, हामी छोड्दैनौं । आफूले पूर्व प्रधानामन्त्रीहरुको क्लब बनाउनको लागि पनि पहल गरेको स्मरण गराए । उनले आफूहरु झुठो सपना देखाउने पक्षमा नरहेको भन्दै एक्सनमा जाने पनि बताए । उनले अहिले नयाँ पुस्तामा नेगेटिभिटी बढि रहेको टिप्पणी गरे । तर, युवाहरुलाई अब सकारात्मक आशा जगाउनुपर्नेमा जोड दिए । उनले आफूहरुले राजनीतिक परिवर्तन गरेको भएपनि यसलाई दिगो बनाउन नसकेको स्विकारेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल