Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड ठेकेदारको अंगरक्षक ?

काठमाडौंं । व्यापारी र ठेकेदारको कब्जामा राजनीति पुगेकै कारण आज मुलुक बेहाल भएको कुरामा दुईमत छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कडा टिप्पणी गरेका छन् । ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको उनको आरोप छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्, श्रीमान् प्रचण्डज्य १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर । प्रचण्ड चर्चित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । थुप्रै विकास आयोजनाहरू अलपत्र पारेको ठेकेदारको घरमा आश्रय लिएको भनेर विगतदेखि प्रचण्डको आलोचना हुने गरेको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल