Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बानेश्वरमा अण्डरग्राउण्ड पार्किङ बनाउदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन सुरू गरेको छ ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको हो ।
पसल हटाउन मेयर बालेन्द्र साह बिहान बानेश्वर क्षेत्रमा आफैं पुगेका थिए । अहिले बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू हटाएर गाडी छिर्ने ठाउँ बनाउन गार्‍हो भत्काउन थालिएको छ ।

नगर प्रहरी र महानगरको टोलीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता संरचना भत्काएका छन् ।

साउन तेस्रो साता मेयर साहले अनुगमन गर्दै त्यस्ता पसल हटाउन निर्देशन दिएका थिए ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल