Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
९ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् ।
बिहीबार ट्वीट गर्दै डा।भट्टराइएले लेखेका छन् नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग परामर्श गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन ।
नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उल्लेख गर्दै उनले थप लेखेका छन्, ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् भएन ।
संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि आफकहाँ आएको नागरिकता विधेयक १५ बुँदे संदेशसहित राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधि सभाले पुनर्विचारका लागि राष्ट्रपतिले पठाएको १५ बुँदे संदेशउपर विस्तृत छलफल नगरी नागरिकता विधेयक पारित गरिसकेको छ ।
प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभामा गएको छ । राष्ट्रिय सभाको बैठक यही भदौ १२ गतेका लागि बोलाइएको छ ।
भदौ १२ गते राष्ट्रिय सभामा नागरिकता विधेयक अगाडि बढाउने सरकार र सत्तारुढ गठबन्धनको तयारी रहेका बेला राष्ट्रपतिले विभिन्न पक्षसँग भेटघाट बढाएकी छन् । यही बेला डा।भट्टराईले ट्वीट गरेका हुन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल