Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाइन्

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित कांग्रेस पदाधिकारी लिएर शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा पनि शीतल निवास पुगेका छन् । राष्ट्रपतिले छलफलका लागि भन्दै बोलाएपछि उहाँहरू जानु भएको हो, स्वकीय सचिव देउवाले भने, छलफलको विषय खुलाइएको छैन ।
पछिल्लो समय सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको बताइएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल