Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसले निउ खोजे एमालेसँग तालमेल हुन सक्छ : प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् ।
पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् । भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले भने, प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो । कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो ।
प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।

प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले अन्नपूर्णसँग भने भने, ‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ । बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ । तर, हामी गठबन्धनमा प्रतिवद्ध छौं । कांग्रेस पनि हामीसँगै छ ।

प्रचण्डले भने,अहिले हामीसँग वाममोर्चाको पनि विकल्प छ । वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउन पनि सक्छौं ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल