Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। पछिल्लो २७ कारोबार दिनयता करिब ११।६५ प्रतिशतले निरन्तर घटिरहेको सेयर बजारले आज पनि निरन्तरता पाएको छ। करिब २७ दिनअघि बजार १८०० बाट बढेर २२२४ बिन्दुसम्म पुगेको थियो । तर त्यसयता निरन्तर घटेको हो।
आज अर्थात साताको अन्तिम कारोबार दिन शुक्रबार पनि बजार सामान्य घटेर बन्द भएको छ। साधारण सभा तथा लाभांश वितरण गर्ने समयमा निरन्तर बजार घट्दा दसैं अघि सेयर बजार नबढ्ने संकेत देखिएको एक सक्रिय लगानीकर्ताले बताए।
उनले भने ुबजार ३२०० बाट १८०० मा झर्यो, अस्ति असार मसान्त सकिएपछ वित्तीय विवरणहरु आइरहेको समयमा बजार बढे पनि ब्याजदर बढ्ने हल्लाले घट्न थालेको बजार अहिले धेरै घटिसक्यो। यसले लगानीकर्ताको मनोबल अझ खस्किएको छ। दसैंअघि बढ्ने सकेत देखिदैन। कम्पनीहरुले दसैंपछि लाभांश वितरण गर्छन् भनेर पनि लगानीकर्ताले पर्खेका हुन सक्छन्।
आज बजार १।६७ अंकले घट्दा परिसूचक १९७०।६२ बिन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०।७४ अंकले घटेको छ।
सेयर बजार राताम्कमे भएसँगै कारोबार रकममा पनि नैराश्यता देखिएको छ। आज बजारमा २१९ कम्पनीको १८ लाख कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख बराबरको कारोबार भएको छ। गत शुक्रबार १ अर्ब २९ करोड बढीको कारोबार भएको थियो।
यस्तै कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्र स्थानमा छ। कारोबार सुरु भएको करिब १० मिनेटमा नै १ करोडको कारोबार गरेको उक्त कम्पनीले अजको कारोबार अवधिभर १० करोड बढीको सेयर किनबेच भएको छ।
सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले भने बजार घटेकै समयमा पनि राम्रो नाफा बुक गरेका छन्। कम्पनीका लगानीकर्ताले ९ प्रतिशत कमाएका हुन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल