Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दसैंका लागि असोज १ गतेदेखि टिकट बुकिङ

दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो ।

अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।

योसँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने भएका छन् । साथै, मंगलबारको बैठकले यातायात व्यवसायीसँग ९ बुँदे सहमति समेत भएको प्रवक्ता पनेरुले जानकारी दिए ।​


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल