Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीप भन्छन् निर्दोष छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग सीपीएल खेलेर नेपाल फर्कने बताएका हुन् ।

मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष भएको बताए मल्लले भने मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीविरुद्ध भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भने ।
मल्लले सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपीएल खेलेर फर्किने बताएको जानकारी दिए । मैले तिमी फर्किनुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने मल्लले भने । मल्लले यस विषयमा आईसीसी र एसियन क्रिकेट काउन्सिलले पनि चासो देखाएको र उनीहरुलाई आफूले जवाफ दिएर पठाएको बताए । आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । बाँकी कुरा अदालतले हेर्ने होला मल्लले भने ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल