Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१०० सिटकम भए पार्टीभित्र विद्रोह हुनसक्छ:कोइराला

सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले आसन्न निर्वाचनका लागि गरेको गठबन्धन पवित्र वा अपवित्र भन्ने चुनावपछि थाहा हुने बताएका छन् ।
बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन गर्ने भनिए पनि चार दलसँग कांग्रेसको केही नमिल्ने बताए । कांग्रेसले गर्न लागेको गठबन्धन ‘विचित्र’ भएको उनको भनाइ छ ।
उनले सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने बताए । यो पवित्र हो कि अपवित्र गठबन्धन हो, निर्वाचनपश्चात् मात्र थाहा हुन्छ । आजै भन्न सक्ने अवस्था छैन । अहिले तपाईंहरूले सोध्नुभयो भने पनि म भन्न सक्दिनँ । तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग मिल्दैन, उनले भने ।

उनले थपे,एमालेलाई परास्त गर्न र भोलि सरकार बनाउन गठबन्धन गरेकै हो । हामीले स्थानीय निर्वाचनमा गठबन्धनको निर्णय गर्ने अधिकार पालिकालाई दिएका थियौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय भएको हो । गठबन्धन गर्ने निर्णय लेख्दा हामीले कांग्रेसले एकल बहुमत ल्याउने र सरकार बनाउने गरी गठबन्धन गर्ने भनी लेखेका छौँ ।

उनले कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्ने बताए । त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह सुरु हुने चेतावनी समेत उनले दिए ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल