Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेलको प्रयासमा खासै प्रगति हुन नसकेको भन्दै एमालेसँग मिल्ने सम्भावना बढेको बताएका छन् ।
महतोले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे पनि सत्ता गठबन्धनमा जाने सम्भावना टर्दै गएको बताए ।
महतोले भने, ‘हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गरेका थिए । तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रुपमा कुरा भइरहेको छ । एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्छु ।’
उनले शीर्ष तहमा छलफल भइरहेको र चाँडै एउटा मोडालिटीमा सहमति हुन सक्ने बताए ।
महतोले विगतमा एमालेसँगको आफ्नो अघोषित तालमेल र यसपटकको सम्भावित तालमेलबारे यसो भने,
‘निर्वाचनमा को कहाँ मिल्छ, त्यो त भइरहन्छ नि १ निर्वाचनमा अहिले पाँच दलीय गठबन्धन मिलिरहेका छन् । अहिले हामीले कोसँग गठबन्धन बनाउने भनेर छलफल गरिरहेका छौं । एमालेसँग गठबन्धन हुने कुरा पनि भइरहेको छ । गठबन्धन हुँदा चुनावमा तालमेल हुँदा,गिभ एण्ड टेक हुँदाखेरी कसै न कसैलाई समर्थन भइरहेको हुन्छ । कसैको विरोध भइरहेको हुन्छ । कोही चुनाव हारिरहेको हुन्छ, कोही जितिरहेको हुन्छ । त्यो स्वाभाविक प्रक्रिया हो ।
अहिले पाँच दलीय गठबन्धनले कसैलाई जिताउला, हराउला । हामी एमालेसँग गयो भने कोही जित्छ, हार्छ वा एक्लै लड्यो भने पनि एक खालको परिणाम आउँछ । निर्वाचनमा त्यो भइरहन्छ । एमालेसँग भयो भने अहिले पनि उसको सपोर्ट पाउँछु । त्यतिवेला पनि एमालेको उम्मेदवार थियो । तर, एमालेले मलाई सहयोग गरेको थियो । त्यसवेला मधेस आन्दोलनको रापताप थियो । एमालेलाई दिनुभन्दा राम्रै हुन्छ भनेर एमालेलाई विगतमा भोट दिएका जनताले पनि मलाई मतदान गरे । कांग्रेसका जनताले पनि मलाई सपोर्ट गरेका थिए । मेरो पार्टी त्यहाँ त्यति बलियो थिएन । अनि निधिलाई हराएको हो । मैले हराएको होइन, जनताले हराएका हुन् ।’
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल