Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हराएका तीन बालिका २४ घण्टापछि भेटिए

विराटनगर,मोरङको लेटाङबाट सम्पर्कविहीन बनेका तीन बालिका विराटनगरमा भेटिएका छन्। सम्पर्कविहीन बनेको २४ घण्टापछि उनीहरू फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका ३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ ४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहान ११ बजेदेखि सम्पर्कविहीन बनेका थिए।

तीनै जनालाई विराटनगर महानगरपालिका १४ जतुवास्थित देवी राईको घरमा आइतबार बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार देवी राई सविनाकी आमा हुन्। देवीले १२ वर्षअघि दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग लेटाङमै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सविनाका बुवा अशोक राईले पनि अर्को बिहे गरिसकेका छन्।

ुफुटबल हेर्न भनेर शनिबार बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन बनेका तीनै जनालाई विराटनगरमा फेला पारिएको छ। आमाको घरमा सविना आउँदा अरू दुई जना साथीहरू पनि सँगै आएछन्, डीएसपी श्रेष्ठले भने, साँझसम्म उनीहरू नफर्किएपछि अभिभावक, आफन्त र स्थानीयले रातभर खोजी गरे। फेला नपरेपछि भोलिपल्ट बिहान प्रहरीलाई घटनाको जानकारी गराइएको हो।ु

खोजी गर्ने क्रममा तीनै जनालाई सकुशल फेला पारिएको र अभिभावकको जिम्मा लगाइएको उनले बताए।

घरबाट भने तीनै जना फुटबल हेर्न भनेर निस्किएको र २४ घण्टासम्म अभिभावकबाट सम्पर्कविहीन बनेको श्रेष्ठको भनाइ छ।

तीनै जना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन्।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल