Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४७ अंकले नेप्से बढ्यो, कारोबारको शीर्षस्थानमा नविल बैंक

काठमाडौं , सेयर बजारमा हरियाली छाएको छ। सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेर बन्द भएको छ।
कारोबार रकममा पनि सुधार देखिएको छ।

नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ। आज १ अर्बमाथिको सेयर कारोबार भयो। कारोबारको अघिल्लो दिन मंगलबार ८२ करोड बराबरको कारोबार भएको थियो।

सो दिन नेप्से २१.३० अंकले बढेको थियो।

आज २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा कारोबार भयो।

कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो।

ट्रेडिङ समूहको ५.७५ प्रतिशतले बढ्यो। हाइड्रो पावर समूहको ३.६२ प्रतिशतले बढ्दा होटल्स एन्ड टुरिजमको २.५६, मनु एन्ड प्रो को २.२७, माइक्रो फाइनान्सको २.४३ र इन्भेष्टमेन्ट समूहको २.५६ प्रतिशतले बढ्यो।

यस्तै बैंकिङ, नन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्डको १ प्रतिशत बढिले सूचक बढ्यो।

हरियाली छाएको सेयर बजारमा ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने लिवेर्टी इनर्जीको ८.३२ प्रतिशतले मूल्य बढ्यो।

आज एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको १० प्रतिशतले मूल्य घट्यो।

कारोबारका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ५१ लाख बढीको सेयर खरिदबिक्री भयो।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल